सरकारलाई दिएको समर्थन छिट्टै फिता हुन्छः प्रचण्ड

जागृति खबर संवाददाता

काठमाडौं, १४ चैत्र ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन छिट्टै फिता लिने बताएका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसद विघटनलाई असंवैधानिक भन्ने दलहरुले नै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव दिएको उल्लेख गरे ।

उनले अब राजनीति जतासुकै गएपनि आफूले नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन नसक्ने स्पष्ट पारे ।

संसद विघटनलाई असंवैधानिक भन्ने दलहरुबीच न्यूनमत सहमति, सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर मात्रै आफूले सरकारलाई दिएको समर्थन कायम राखेको बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।