हाकिम गए आफ्नै महिला कर्मचारी लिएर मस्ती गर्न, फर्केर आउँदा……

जागृति खबर संवाददाता

काठमाडौं।

एक हाकिमले मस्ताी गर्ने चक्करमा आफ्नो जागिर गुमाउनु परेको छ । यो घटना अमेरीकाको हो ।

उनले आफ्नै महिला कर्मचारीसँग मस्ती गर्न लाग्दा जागिर गुमाएका हुन् ।अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले निकालेको हो ।

कम्पनीको महिला कर्मचारीसँग मस्ती गर्न गएपछि इस्टरब्रुकलाई पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएका हुन् ।

युएसए टुडेमा छापिएको समाचार अनुसार, सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीच सहमतिमा सबै भए पनि इस्टरब्रुकले कम्पनीको नीति नमानेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।