श्रीमानसँगै सुतेकी महिलाले होटलको कोठाबाट हाम फालिन

जागृति खबर संवाददाता

जनकपुरधाम, ११ चैत्र ।

जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् । मंगलबार राति श्रीमानसँगै सुतेकी जनकपुरधामस्थित सर्लाही होटल एण्ड गेस्ट हाउसबाट हामफालेर आत्महत्या गरेकी छन् ।

म्याग्दीको तत्कालिन बिम गाविस ८ घर भएकी सृजना सुनार श्रीपालीले होटलको पाँचौ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् । उनको शव आज बिहान होटल छेउमै रहेको खानेपानी संस्थानको परिसरमा फेला परेको धनुषाको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

यातायात कार्यालय जनकपुरबाट स्कुटीको लाइसेन्स बनाउन श्रीमान विश्वास सिर्पालीसँगै उनी दुई दिन अगाडी नै जनकपुरधाम आएर उक्त होटलमा बसेका थिए ।

‘राति गफगाफ गरेर सुत्यौं । बिहान साढे तीन बजे बिउझिएँ । ओछ्यानमा बुडी थिएनन्,’ मृतक महिलाको श्रीमान विश्वास श्रीपालीले भने, ‘त्यसपछि खोज्न थाले । अनी होटल छेउमा पानीमा शव फेला पर्‍यो ।’

विश्वास ११ दिनअगाडी मात्र विदेशबाट आएको थियो । साउदीमा करिव डेढ वर्ष काम गरेर नेपाल आएको उनले बताए । श्रीमती सरकारी जागिरमा रहेको भन्दै हिजो राति समान्य विवाद भएको बुझिएको छ । श्रीमती आत्महत्या गरेकी विषयमा केही बताउन नसक्ने प्रहरी समक्ष बयान दिएका छन् । घटना शंकास्पद देखिएकाले अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रको भनाइ छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।