डेढ सय मिटर अ’पलिफ्ट भएर ख’स्यो नेपाली विद्यार्थीहरुले बनाएको रकेट

जागृति खबर संवाददाता

काठमाडौं, ८ चैत्र ।

नेपाली विद्यार्थीहरुले बनाएको ‘ग’रुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ ।लन्च प्याड, हावाको ब’हाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए ।‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रि’क्सन भयो,’ तामाङले भने, ‘मोटरमा फ्युल ब’र्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फ’र्कियो । ‘इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए ।

१० मिटर उचाइको गरुडामा ‘पोटासियम ना’इट्रेट र सु’गर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सो’लिड प्रो’पलेन्ट फ्यु’ल प्रयोग भएको छ । अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । ‘हामीले ह’रेस खाएका छैनौं र ह’रेश खाएर पनि हुँदैन,’ उनले भने,’ अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई स’माधान गरेर लन्च गर्नेछौं । ‘

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रो’जेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इ’नोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

धनुषाको भिमानबाट ‘गरुडा’ प्रक्षेपण गरिँदै-ए’क्सपेरिमेन्टल सा’उन्डिङ रकेट ए’सोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पे’सपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि ग’रुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।
यसैबीच, नि’यर ए’रो स्पे’स नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षेपण असफल भएको छ ।नेपाल स्पे’स ड्रि’म परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा ए’म्याचुअर रकेट प्र’क्षेपण पनि अ’सफल भएको हो ।यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर ख’सेको भएको निर्माणकर्ता शिशिर जिसीले जानकारी दिए ।

आरम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल ख’सेको थियो । एप्रिल १६मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण ।यस्तै, भिमान मै परीक्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्‍ने भनिएको ‘गौ’थली’ नाम गरेको औ’षधि बोक्ने ड्रो’नको परीक्षण उडान पनि असफल भएको छ ।उक्त ड्रोन एक किलोमिटर माथि पुगेर ख’सेको जिसीले जानकारी दिए । प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट्‌वाल,राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्या’रेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।