लकडाउनले बढायो आत्महत्या : पछिल्लो आठ महिनामा दैनिक १९ जनाले ज्यान फाले

जागृति खबर संवाददाता

काठमाडौं, ७ चैत ।

कोरोना भाइरस महामारी नियन्त्रणको लागि गरिएको लकडाउनको समयमा आत्महत्या दर ह्वात्तै बढेको देखिएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को फागुन अन्तिम सम्म ४ हजार ४ सय ८२ ओटा आत्महत्याको घटना भएको नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले जनाएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको छलफल कार्यक्रममा आइजी थापाले आत्महत्याको घटना बढ्दै गएको जनाएका हुन् ।

गत आर्थिक वर्षको तुलना चालु आर्थिक वर्षमा आत्महत्याको घटनामा वृद्धि भएको थापाले समितिको बैठकमा सामान्य प्रतिवेदन पेस गरेका थिए ।

थापाले पेस गरेको तथ्याङ्क विवरण :

आत्महत्या विभिन्न कारणले गर्ने गरेका छन् । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको । आर्थिक वर्ष २०७४/७५ देखी २०७६/७७ को तीन वर्षको तथ्याङ्क अनुसार कुल १७, ३१२ ले आत्महत्या गरेको देखिन्छ । बर्सेनि औसत ५ हजार ७ सय जनाले आत्महत्या गर्ने गरेका छन् ।

चालू आर्थिक वर्षको पछिल्लो ८ महिनामा जम्मा ४,४८२ वटा आत्महत्या घटनाहरू घटेको थियो ।

आत्महत्याको घटनाहरू श्रावण महिनामा ७०६, भाद्र ६१०, असोज ५६०, कार्तिक ५४२, मङ्सिर ५३९, पौषमा ५०८, माघ ५१५ र फागुनमा ५०२ वटा दर्ता भएको।

चालु आवमा प्रति दिन १९ वटा घटनाहरू दर्ता भएको ।

आत्महत्याका घटनाहरू श्रावण देखी फागुन महिनासम्म क्रमशः घट्दो रहे पनि गत आ.व को फागुन मसान्त सम्म भएको ३५३४ वटा घटनाहरूको तुलनामा २८.६१% ले बढेको । यस वर्षको लकडाउनको अवधिमा आत्महत्या दर बढ्दो रहेको।

नेपालको सन्दर्भमा मुख्य गरी डोरीमा झुन्डिएर, विष खाएर, घरको छतबाट तथा खोलामा हाम फालेर,आगो लगाएर आत्महत्या गरेको पाइन्छ । यस बाहेक आफैले आफ्नो हात काट्ने, घाँटी रेटी मर्ने गरेको । ३ वर्षको तथ्याङ्क अनुसार प्रतिदिन १६ वटा आत्महत्याका घटनाहरू हुने गरेको ।

विभिन्न कारणले आत्महत्या गर्न बाध्य तुल्याउने व्यक्तिहरूलाई कारबाही गर्ने सम्बन्धमा आत्महत्या दुरुत्साहन विरुद्ध १०४ वटा मुद्दा दर्ता भएको जस मध्ये ८५ पुरुष र १८ महिला गरी १०३ जनालाई पक्राउ गरिएको र ४३ जना अभियुक्तहरू फरार रहेको ।

सबैभन्दा बढी घटना १ नं प्रदेश र लुम्बिनी प्रदेशमा भएको पाइएको ।

विभिन्न कारणले आत्महत्या गर्न बाध्य तुल्याउने व्यक्तिहरूलाई कारबाही गर्ने सम्बन्धमा आत्महत्या दुरुत्साहन विरुद्ध १०४ वटा मुद्दा दर्ता भएको जसमध्ये ८५ पुरुष र १८ महिला गरी १०३ जनालाई पक्राउ गरिएको र ४३ जना अभियुक्तहरू फरार रहेको ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।