उत्सवले गाली गलौज गरे , आरतीले कुटपिट : नायिका सुष्मा कार्कीे

जागृति खबर संवाददाता

काठमाडौं ।

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् ।

मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको बताएकी छिन् ।

नाम र दाम दुवै कमाउनु छ -मोडेल सोनिया

धेरै जसो युवाहरु अहिले मोडलिंगमा रमाउन चाहन्छन् कति सफल हुन्छन् त कति असफल तर दैनिकी नै ठुलो संख्यामा युवायुवती यस क्षेत्रमा नाम र दाम दुवै कमाउने उदेश्यले यस क्षेत्रमा प्रवेस गर्छन् यहि सोच बोकेर पूर्वबाट सोनिया बस्नेत पनि एउटा उदाउदो मोडेलको रुपमा देखिन थालेकी छिन्।

एउटा असल र सफल मोडल बन्न सोनिया अहिले निरन्तर संघर्षगरिरहेकी छिन् भोजपुर जिल्लामा २०५७ सालमा जन्मिएकी बस्नेत हाल मोरंग स्थित सुकुना क्याम्पसमा अध्यनरत छिन उनि भन्छिन मा एउटा सफल मोडेल बन्न दिन रात मिहनेत गरिरहेको छु। अबको दिनहरुमा राम्रो गीतको अफर आए म्युजिक भिडियोमा समेत अभिनय गर्ने सोनियाले हिपमत डटकमसंगको कुराकानीमा बताए।

आफ्ना भावनालाई कलाको रुपमा म प्रस्तुत गर्न चाहन्छु। मोडलिंग क्षेत्रमा जान धेरै जनाको अभिभावकहरुले जान दिनु हुदैन तर मेरो अभिभावकबाट मैले धेरै नै साथ् सहयोग र हौसला पाएको छु। धेरै जनाले अझै पनि यो क्षेत्रलाई नकारात्मक रुपमा हेर्नु हुन्छ हो सबै जना यस क्षेत्रमा राम्रा नै हुन्छन् भनेर मा भन्न सक्दिन तर धेरै जना यस क्षेत्रमा राम्रो राम्रो मानिसहरु पनि मैले भेटेको छु।

चलचित्रमा समेत अभिनय गर्ने रुचि छ मेरो आउदो समयमा कोहि रामर मनाछे वा राम्रो टिम भेटे भने चलचित्रमा यदि मलाई सुहाउदो चरित्र निर्वाह गर्ने अवसर मिलो भने अवस्य चलचित्रमा समेत अभिनय गर्ने छु। अन्त्यमा मेरो मनको भावना राख्ने अवसर दिनुहुने हिपमत डटकम परिवारलाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु।