लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट, आठ घाइते दुईको अवस्था गम्भिर

जागृति खबर संवाददाता

काठमाडौं, १ चैत्र ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।

उहाँको शरीरको विभिन्न भागमा चोट लागेको छ, एसपी भण्डारीले भन्नुभयो, हाम्रो डीएसपी साब नेतृत्वको टोलीले दिनेशसहित बिस्फोटमा परी घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाएको हो। उहाँका अनुसार दिनेशको सप्तरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै गम्भीर रहेका उहाको थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गरिरहेको छ। बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेमा कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फुलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर छन्। प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।