कलंकीमा पकेट मार्दै गर्दा दुई महिला रङ्गेहात पक्राउ

जागृति खबर संवाददाता

काठमाडौं, २६ फागुन ।

महानगरीय प्रहरी प्रभाग कंलकीलले लामो समयदेखि काठमाडौँमा पाकेटमार र चोरी कार्यमा संलग्न दुई महिला पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

उनीहरुलाई पकेट मार्दै गर्दा कलंकीबाट पक्राउ गरिएको कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले जानकारी दिईन्।

उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको खड्काले बताईन्।

प्रहरीका अनुसार उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न रहेका थिए ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको को छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।