जसपालाई उपसभामुख दिन एमाले सहमत

जागृति खबर संवाददाता

काठमाडौं, २५ फागुन ।

नेकपा एमाले जनता समाजवादी पार्टीलाई उपसभामुख दिन सहमत भएको छ । सत्तारुढ दल एमाले र जनता समाजवादी पार्टीबीच नयां सत्ता समिकरणका लागि कार्यदल बनाएर छलफल सुरु गरेसँग यो कुरा बाहिर आएको हो । यो विषय एमालेले राखेपछि जसपा नेताहरुले भने पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् । प्रदेशमा सरकार परिवर्तनका विषयमा जसपा निर्णायक रहेकाले एमालेले जसपालाई सरकारमा ल्याउन अधिकतम लचकता अपनाउने भएको छ ।

त्यस्तै सरकारले रेशम चौधरीलाई रिहा गर्नेसमेत तयारी थालेको छ । जसपा नेताहरुले जेलमा रहेका आफ्ना सांसदलाई रिहा गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेबाट नेताहरु बिष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराईलाई वार्तामा खटाएका छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।