फेरी बढ्यो सुनको मूल्य

जागृति खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

आइतबार घटेको सुनको मूल्य सोमबार बढेको छ । हिजोको तुलनामा प्रतितोला रु ४ सयले बढेर छापावाल सुनको मूल्य ८८ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुनको ८८ हजार ३ सयमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।