प्रधानमन्त्री ओलीमाथी भाैतिक हमलाकाे धम्की

जागृति खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक ह’मला हुनसक्ने बताएका छन् ।

पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्र’हार भएको बताए ।
‘सम्पूर्ण रुपले ममाथि प्र’हार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक ह’मला नै भयो र ज्या’न तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।

उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आ’न्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’
प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।