माधव नेपालको नेतृत्वमा सरकार, उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने प्रस्ताव

जागृति खबर संवाददाता

काठमाडौं, १४ फागुन ।

राजनीतिक उतारचढावका बीच राजनीतिक दलका नेताहरु शक्ति केन्द्रहरुबाट प्रभावित हुनेगरि भेटघाटमा व्यस्त रहेका तथ्यहरु फेला परेका छन् । पार्टी नै फुटको चरणमा पुगेको नेकपाको विवाद कानुनी प्रक्रियामा छ। राजनीतिप्रति चासो राख्ने सबैको ध्यान नेकपातिर भइरहँदा अन्य दलहरु पनि राजनीतिक जोडघटाउमा लागेको पाइएको छ।

संसद पुनर्स्थापना भएकाले अब माधव नेपालको नेतृत्वमा सरकार बनाउने कसरत भएको छ ।नेपाल नेतृत्वको सरकारमा को को सहभागी हुने भन्नेमा राजनीतिक जोडघटाउ भइरहेको छ।संसद पुनर्स्थापना भएकाले अब नेपालको नेतृत्वमा सरकार बने उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।

के को दिपावली ? के को रुवाबासी ? कसले के गर्छ हेरम्ला : गोकुल बाँस्कोटा

काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ(आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली के को रुवाबासीरु बाँकी हेर्दै जाने हो।