आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

जागृति खबर संवाददाता

काठमाडौं, १३ फागुन ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको हो ।

बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, उक्त बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, प्रचण्ड–माधव पक्ष नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

सो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।