प्रतिनिधिसभा ब्युँतेपछि , राष्ट्रपतिबाट पशुपतिमा पूजा गरिदै

जागृति खबर संवाददाता

काठमाडौं, १२ फागुन ।

प्रधानमन्त्री केपी ओलीले ग्रह दशा पन्छाउन पूजा लगाउने क्रममा पशुपतिस्थित शिवजीको लिङ्गबाट तल बग्ने पानीको बाटो सुनले ढाक्नेगरी उपलब्ध गराउनुभएको ३० करोडको काम धमाधम भैरहेको छ ।

गए राती १ सय आठ केजी सुन खपत गरी जलहरी लगाउने काम हतार हतार सक्ने तयारी छ ।

मध्यरातसम्म सबै काम सकेर रास्ट्रपतिबाट आज बिहान १० बजेदेखि पूजा शुरु हुने र एक घण्टामा काम सक्ने कार्यक्रम बनेको पर्यटन मन्त्री भानुभक्त ढकाल निकटस्थ श्रोतले जनआस्थालाई भर्खरै जानकारी दिएको छ ।

सुरक्षा निकायमा उच्च सतर्कता
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । आज फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।