सुनको मूल्य : ‘ तोलामा ११ सय रुपैयाँले बृद्धि ‘

जागृति खबर संवाददाता

काठमाडौं, ११ फागुन ।

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार सोमबार स्थिर रह्यो ।

यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।