पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाँदै, तोकियो भ्रमण मिति

जागृति खबर संवाददाता

काठमाडौं, १० फागुन ।

पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरु उपचारका लागि भारत भ्रमणमा गइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहको पनि भारत भ्रमणमा जाने मिति तय भएको छ । स्रोतका अनुसार पूर्वराजा परिवारसहित फागुन २० मा भारत जाने कार्यक्रम तय भएको हो । शाह झापाको काकडभिट्टा हुँदै उक्त दिन सिलगुढी प्रवेश गर्नेछन् । त्यहाँबाट दार्जिलिङ पुग्नेछन् ।

पूर्वराजासँगै पूर्वरानी कोमल, छोरी प्रेरणा, ज्ञानेन्द्रका भाई धीरेन्द्रका छोरीहरु पुजा, दिलासा र शिताष्मा पनि साथमा हुनेछन् । यस्तै बहिनी शोभा शाही पनि भ्रमण दलमा छिन् । यसबाहेक पूर्वराजाका आफन्तहरु पनि दार्जिलिङमा साथै पुग्नेछन् ।

स्थलमार्गबाट भारत प्रवेश गर्ने उनी सिलगुढी हुँदै दार्जिलिङ, खर्साङ कालिम्पोङलगायतका क्षेत्रमा केही दिन रहनेछन् । त्यहाँ उनले महत्वपूर्ण भेटघाट पनि गर्ने बुझिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।