देश नयाँ मोडमा जाने संकेत, ओली दिए यस्तो अर्डर !

जागृति खबर संवाददाता

काठमाडौं, १० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन हुने चेतावनी दिएका सगै नेपाली राजनीतिक बृतमा नया दृश्यहरु देखापरिरहेकाछन । हिजो मात्रै विप्लव नेतृत्वको नेकपा सग वार्ता गर्ने तयारी अन्तिम चरणमा पुगेका खबर सार्वजनिक भएका थिए ।

आफुपक्षले शनिबार विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले सेटिङ भएर प्रतिनिधिसभा पुनःस्थापना गरिए आ’न्दोलन गर्ने चेता’वनी दिएको दिन देखी नै नेपाली राजनीतिले अर्कै मोड लिन सक्ने अनुमान सवत्र हुन थालेकाछन ।

प्रचण्ड-माधबकुमार नेपाल नेतृत्वमा नेकपाकै बहुमत पक्षसहित सबै दलहरु आ’न्दोलनमा रहेको बेला प्रधानमन्त्री आफैले नै आ’न्दोलनको चे’तावनी दिँदा देश नयाँ मोडमा जान सक्ने प्रष्ट संकेत देखिएको छ ।

प्रतिनिधिसभा विघटन सदर गराउन प्रधानमन्त्रीले संवैधानिक निकायमा ‘सेटिङ’ गरिरहेको आशंका अन्य दलहरुले गरिरहेको बेला ओलीले संसद पुनःर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गरे । ‘कुनै सेटिङ फेटिङ भएर संसद विघटन सदर भएन भने आ’न्दोलनको विकल्प छैन,’ ओलीले भने ।

पछिल्ला केही राजनीतिक घटनाक्रम हेर्दा केही दिन भित्रै मुलकमा नया राजनीतिक परिघटना हुनसक्ने संकेत गरेको छ ।