भक्तपुर, २१ माघ ।
भक्तपुरमा १९ वर्षकी १ जना किशोरी बलात्कृत भएकी छन् ।
प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तज छन् ।
ती किशोरीलाई बुधबार दिउँसो एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ खटिएको प्रहरीले बिकासलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा
नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् ।
प्रचण्ड-माधव समूहले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ ।
तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।