यस्ता श्रीमती जसले पार्छन आफ्नै परिवार र जिन्दगी सखाप ?

जागृति खबर संवाददाता

हामी धेरै जनालाई थाहा छ हामीले सङ्गत कस्तो व्यक्तिसंग गर्नुपर्दछ र कस्तो व्यक्तिसंग गर्नु हुँदैन। तर हामी जानी – नजानी अन्जानमा कहिलेकाहीँ गलत व्यक्तिको संगतमा पुग्छौ । बिशेष गरी पुरुषहरुले बिवाह गर्दा कस्तो युवती आफुको लागि आबस्यक छ त्यो राम्ररी बुझेर मात्र बिवाह गर्नु पर्दछ । विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्नुपर्छ । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् । जीवन साथीको महत्व जीवनमा धेरै हुन्छ ।

असल जीवनसाथीले असल जीवनकै रुपरेखा निर्धारण गर्दछ भने खराब जीवन साथीले खराव रुप रेखा निर्धारणमा सहयोग गर्दछन् । यस्ता तमाम घटना तपाईंले आफ्नो जीवनमा र वरिपरिबाट सिक्नु भएकै होला । सामान्य मान्छे मात्रै होइन जीवन साथीको भूमिका ठूला मान्छेमा पनि पर्दछ । श्रीमती कै कारण संसारमा कयौ सफल भएका छन् भने कयौ पतन भएका छन् । समय परिस्थितिले अहिले एकले अर्कोलाई राम्ररी बुझ्न बिभिन्न माध्यम दिएको छ भने त्यसलाई भरपुर उपयोग गर्नु आबस्यक छ । खराव श्रीमती परिन भने श्रीमानको मात्र होइन परिवारसंगै स्वयम् उनको पनि पतन हुन्छ । खराब श्रीमती पर्यो भने चौपटै हुन्छ ।

आफूले भविष्यमा पाउने जीवन साथीको कस्ती हुन्छे वा हुन्छ भन्ने कुरा उसको केही आनिबानीले निर्धारण गरिरहेको हुन्छ । साथै गलत बानी व्यहोरा हुने केटीको पछि लाग्न हुँदैन । दुई दम्पतीको सम्बन्ध सुमधुर हुनबाट रोक्नको लागि विभिन्न बानीले भूमिका निर्धारण गरेका हुन्छन। आनीबानीको कारण सम्बन्धहरु विग्रीन्छन् । हामीले सत्य घटनामा आधारित रहेको घटनालाई आधार बनाएर यहाँ वास्तविक प्रसंगलाई कथामा उतारेका छौ । घटना यसरी सुरु हुन्छ ।

सुरुवातमा ति महिला पुरुषको भेट मेलामा हुन्छ । उनीहरु बीच फोन नम्बर आदानप्रदानदेखि सामाजिक संजालमा समेत जोडिन्छन । बिस्तार बिस्तारै उनीहरु बीच प्रेम सम्बन्ध स्थापित हुन्छ भने बिवाह गर्ने निचोडमा पुग्छन । परिवारमा कुरा हुन्छ र बिवाह पनी हुन्छ । श्रीमान् एउटा राम्रो कम्पनीमा राम्रै पोजिशनमा हुन्छन भने उनीहरु फ्याट भाडामा लिएर बाहिरी शहरमा बसेका हुन्छन् । श्रीमान् अफिस जाने हुँदा श्रीमती घरमा एक्लै हुन्छिन् । घरमा आबस्यक सामान समेत होम सर्भिसबाट उपलब्ध हुन्छ । सम्बन्धित सामान सबै घरमा नै उपलब्ध हुन्छ ।

अब सुरु हुन्छ बाहिरी अफेयर

एक दिन ति युवती आफ्नो लागि केहि आबस्यक गहना किन्न बजार जान्छिन् र उनको भेट त्यहि अर्को पुरुषसँग भेट हुन्छ । एक कप कफिसंगै सुरु भएको उनीहरुको सम्बन्ध फोन नम्बर आदानप्रदानदेखि सामाजिक संजालमा समेत जोडिन्छन । बिस्तार बिस्तारै उनीहरु बीच प्रेम सम्बन्ध स्थापित हुन्छ भने ति पुरुष घरसम्म पुग्छन । उनीहरुबीच शारीरिक सम्बन्ध सुरु हुन्छ र निरन्तर सम्बन्ध राख्दछन । ति पुरुष निकै धनि पनि हुन्छन् तर उनी त्यो बाट पनि त्यति सन्तुष्टि नभएपछी ति युवतीले होम सर्भिसमा आउने पुरुषलाई सम्बन्धको प्रस्ताव राख्छिन भने ति पुरुष पनि राजि हुन्छन् ।

जब पति अकस्मात आएपछि

दुबैबिच शारीरिक सम्बन्ध राख्न तयारी के हुन्छ पति घरमा आउछन् भने श्रीमतीले रुम ब्याईले आफ्नो बेड रुममा आएको भन्दै कुरा लगाउछीन भने उसलाई एक पटक छाडीदिन र प्रहरीमा नबुझाउन आग्रह गर्दछिन । उनको पति कन्भिन्स हुन्छन र चेतावनी दिएर छोड्छन् । बास्तबमा उनकै श्रीमतीले उनलाई सम्बन्ध राख्न बोलाएकी हुन्छिन् र ति पुरुष पति अफिस गएपछि आएका हुन्छन् । तर उनका पतिले पर्स लान बिर्सिएकाले घर पर्स लिन फिर्ता आएका हुन्छन् र त्यो गतिविधि देख्छन तर बुज्दैनन अनि अफिस जान्छन । उनकी पत्नीले अर्का पुरुससँग सम्बन्ध राखेको कुरा समेत उनलाई थाहा हुँदैन । रुम ब्याईलाई फेरी भेटि उनि आफुले धेरै माया गर्ने बताउछिन् भने ति पुरुष पनि फेरी मख्ख पर्छन् । सम्बन्ध पनि राख्छन ।

जब बन्यो हत्या योजना

एकदिन रुम ब्याईले सम्बन्धको लागि फोन गर्छन तर फोन नउठेपछी उनी घरमा नै पुग्छन भने उनी र अर्का पर पुरुषबीच बिवाह गर्ने र उनका पति मार्ने कुरा चलिरहेको हुन्छ र त्यो उनले मोबाइलबाट भिडियो रेकर्ड गर्दछन अनि फर्कन्छन्। अर्को दिन त्यो भिडियो र दुईबीच भएको कुरा देखाउन भन्दै उनी घर जान्छन तर जति घन्टी बजाएपनी ढोका नाखोलेपछी चाविले आफैं खोल्छन तर युवती घरमा देख्दैनन । अर्को पुरुषले उनलाई सम्बन्ध राख्न आफ्नो घर बोलाएपछि उनी गएकी हुन्छिन ।

रुम ब्याई भेटेपछि बुझेको वास्तविकता जसले बचायो जीवन

रुम ब्याईलाई घर बन्द हुँदा घरको चावी खोलेर भित्र आउँन उनले चावी दिएको हुन्छ । तर बाहिर गएको बेला अचानक पति घर आएका हुन्छन् । आफ्नो घरमा पत्नी नदेखेपछि उनले रुम ब्याईलाई कसरी घर भित्र आएको भन्दै धेरै केरकार गरेपछि उनले चावी दिएको देखि आफ्नो सम्बन्ध र अर्को पुरुषसँग समेत सम्बन्ध रहेको सबै बेलिबिस्तार खुलाउन पुग्छन । उनलाई बिश्वास लाग्दैन । त्यो पछि उसले भिडियो पुरै देखाउछ ।

अनि पतिले त्यो भिडियो प्रहरीमा देखाउछ र प्रहरीले भिडियो मात्र प्रमाण नपुग्ने बताएपछि नयाँ नाटक सुरु हुन्छ । प्लान अनुसार रुम ब्याईले पति मारिदिने नाटक गर्छन् भने प्रहरी बाहिर बसेको हुन्छ । अर्को पुरुषसँग सम्बन्ध राख्दै गर्दा पति घरमा पुग्छन । पति देखेपछी दुबै एकछिन आंतींछन् र अब मार्नुपर्छ भन्नेमा पुग्छन । त्यतिकैमा प्लान अनुसार रुम ब्याई हातमा चक्कु लिएर भित्र पस्छन र आफुलाई धोखा दिएको भन्दै श्रीमतीलाई मार्न खोज्छन तर पतिले छेक्दछन् । त्यसपछि पहिले तलाई मार्छु पछि यसलाई भन्दै लखेट्न थालेपछि उनी बाहिर भाग्छन ।

बाहिर पुगेपछि प्लान अनुसार अभिनयमा प्रयोग हुने ब्लड प्रयोग गरेर भुइँमा लडेका हुन्छन् । घटनास्थलमा केहीबेरमा पत्नी र पहिले हत्या योजना बनाएका पुरुष आइपुग्छन तर मरेको देखेपछी प्रहरी बोलाउन खोज्दछन । प्रहरीलाई फोन गर्न लागेपछि प्लान अनुसार पहिले आफुले हत्या योजना बानाएको भिडियो खिचेको र त्यो सार्वजनिक गर्ने र सबै फस्ने चेतावनी रुम ब्याईले दिंदै उनीहरु बिचको काँटा आफुले निकालीदिएकोमा खुशी हुन् भन्दछन अनि आफ्नो माग पुरा गर्न भन्दछन।

जब वास्तविकता थाहा पाउँदा होस् उड्यो

उनीहरु सहमत हुन्छन र रुम ब्याईको डिमाण्ड के हो भनेर सोधेपछि उनले आफुलाई पचास हजार चाहिएको र त्यो एक रुपियाँ कम नगरी दिन भनेपछि उनीहरु सहमत हुन्छन् । तर उनीहरु पहिले मरेको लास ठेगाना लगाउने अनि मात्र पैसा दिने भन्दै लासतर्फ अघि बढ्न के खोजेका हुन्छन घटनाले नयाँ मोड लिन्छ भने प्लान अनुसार मरेका भनिएका पति उठेपछि ति दुईको होस् नै उड्न पुग्छ । साथै बाहिर रहेको प्रहरीले सबै घटना हेरिरहेको हुन्छ भने त्यसपछि घटनास्थल पुग्छ ।

पतिले भिडियो मात्र हेरेर बिश्वास नलागेको बताएपछि प्रहरीकै सल्लाहमा यो नाटक रचिएको हुन्छ । तर उसले आफ्नो अगाडी सबै देखेपछी बिश्वास गर्दछ र ति दुईलाई पतिको रचिएको हत्या योजना तथा अबैध सम्बन्ध राखेको आरोपमा प्रहरीले पक्राउ गर्दछ । यसरी दुई परिवारसंगै उनीहरु दुइको पनि जिन्दगी सखाप हुछ र उनीहरुको दिन अबबाट जेलमा बित्दछ । उनीहरुलाई जन्मकैद सुनाइन्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।