विद्यार्थीलाई यौन दुब्र्यवहार गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

जागृति खबर संवाददाता

काठमाडौं, २८ पुस ।

काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी ९आरआर० क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ ।

प्राध्यापक आचार्यले छात्रालाई यौनजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।