नेकपा आफ्ना नातेदारको पार्टी होइनः प्रधानमन्त्री ओली

जागृति खबर संवाददाता

धनगढी,२५ पुस।

कैलालीको धनगढीमा नेकपा अपनाे समूह ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दैे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा आफ्ना नातेदारको पार्टी नभएको बताएका छन्।

नेकपा पुष्पकमल दाहाल‘प्रचण्ड’–माधव नेपाल समूहलाई लक्षित गर्दै उनले नेकपा जनताको पार्टी भएको बताएका छन्।

“यो पार्टी सम्धी, छोरीबुहारीवाला पार्टी होइन, देश बनाउने र जनताको पार्टी हो ।” आफन्त नभएका कोही पनि हुँदैनन्, तर टपक्क टिप्दै राख्नु ठीक होइन, मैले त्यसो गरेको छैन उहाँले भन्नुभयो ।

कसकसका आफन्त कहाँ कहाँ छन, सबै थाहा छ भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पचास वर्षअघि नयाँ एकताको अभियान थालनी गरेर आएको व्यक्ति हुँ, “चोइटिएर जानेहरुलाई म भन्न चाहन्छु दुई अङ्कमा सिट ल्याएर देखाउनुस्, देशभरीमा दश सिट ल्याएर देखाउनुस्” प्रधानमन्त्री ओलीले भन्नुभयो, भ्रमको खेती गरेर अब कोही अघि बढ्न नसक्ने भन्नुहुँदै उहाँले जनता सचेत भइसकेको बताउनुभयो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।