चोभारको डाडामा परि तामाङलाई यस्तो अब’स्थामा (हेर्नुहोस भिडियो)

जागृति खबर संवाददाता

काठमाडौं ।

पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ ।छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् ।यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ ।उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरि रहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ ।

उर्वशीको १ सय ५० घण्टामा बनेको आधा करोड पहिरनको चर्चा

अभिनेत्री उर्वशी रौतेला फिल्मका साथसाथै आफ्ना तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । पछिल्लो समय उर्वशी फेरि फोटोकै कारण चर्चामा आएकी छिन् । अहिले उनले लगाएको पहिरनका कारण उनका तस्वीर चर्चामा छन् ।

उनले लगाएको रातो पहिरन तयार गर्न लागेको समय र त्यसको मूल्य निर्क चर्चामा छ । उर्वशीले हालै रातो पहिरनमा आफ्ना केही तस्वीर शेयर गरेकी थिइन् । यो पहिरन फिलिपिन्सका डिजाइनर माइकल सिंकोले तयार गरेका हुन् ।

यो पहिरनको मूल्य ४५ हजार अमेरिकी डलर पर्छ जसको नेपाली मूल्य आधा करोड रुपैयाँभन्दा धेरै हुन्छ । यो पहिरनको मूल्य मात्रै धेरै होइन यसलाई बनाउन पनि निकै परिश्रम गर्नुपरेको थियो । यसलाई लयार गर्न १ सय ५० घण्टा लागेको थियो ।

डिजाइनरले यो पहिरन बनाउने प्रक्रियाको खुलासा गरेका छन् । एक अन्तरवार्तामा डिजाइनर माइकल सिंकोले भने ‘न्यू इयर इभेन्टमा उदाउँदी स्टार उर्वशी रौतेलाले यो रेड सेक्विन ड्रेस लगाउँदा खुसी लाग्यो । यो ब्याकलेस फेयरी गाउनले उनलाई रेड फेयरी लुक दिइरहेको थियो ।’ माइकल सिंकोले यसअघि यस्तै ड्रेस ऐश्वर्या राय बच्चनको लागि पनि डिजाइन गरेका थिए । त्यो पहिरन ऐश्वर्याले कान्स फिल्म फेस्टिभलमा लगाएकी थिइन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।