प्रमोद खरेललाई गालीगलौज गरेकाे भन्दै प्रहरीमा उजुरी

जागृति खबर संवाददाता

काठमाडौं, २३ पुस ।

एक म्युकिज कम्पनी सञ्चालकले गायक प्रमोद खरेललाई गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै गायक तथा संगीतकर्मीहरु प्रहरीसमक्ष पुगेका छन् ।
दोषीलाई कारबाहीको दायरामा ल्याउन भन्दै उनीहरु महानगरीय प्रही परिसर पुगेका हुन्।

गायक खरेलले अनधिकृत रुपमा आफ्नो गीत प्रयोग गरेको भन्दै विन्धवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीले सामाजिक सञ्जालमार्फत विभिन्न लाञ्छना लगाउँदै आएका थिए ।

दोषिलाई कार्वाहीको माग राख्दै ५७ जना संगीतकर्मीहरुको हस्ताक्षरसहित गायक तथा संगीतकारहरु आज टेकु प्रहरी कार्यलय पुगेका हुन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।