आज सोच्नै नसक्ने गरि सुनको मुल्यमा, हेर्नुहोस् कति पुग्यो ?

जागृति खबर संवाददाता

काठमाडौं , १६ मंसिर ।

नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ। आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ सोमबार भने ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार भने तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारको तुलनामा सोमबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १ हजार १ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय २० रुपैयाँमा झरेको छ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो। कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो।