ओलीले थप कदम चाले फेरी जंगल पस्न तयार छौं : प्रचण्ड

जागृति खबर संवाददाता

काठमाडौं, ११ पुस ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले प्रदेश सभा पनि विघटन गरे उनको बाटो विध्वंसतिर हुने बताएका छन्।

शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी पत्रकारसम्मेलनमा बोल्दै प्रचण्डले प्रदेश सभा विघटन गरे ओली विध्वंसको बाटोमा गएको प्रष्ट हुने बताएका हुन् । उनले भने ओलीले यहाँ भन्दा पनि विध्वंसको बाटो रोजे हामीपनि थप कदम चाल्ने उल्लेख गरे।

एकथरी मान्छेहरू बडो अराजक र अनैतिक तरिकाले १०० को वरिपरि केन्द्रीय सदस्य लिएर ११ सयको घोषणा गरेर जुन विचलन कम्युनिष्ट आन्दोलनमा देखा परेको छ र पदका निम्ति जता पनि दौडिने मान्छेहरूलाई आकर्षित गर्ने षडयन्त्र भएको छ, हामी त्यसलाई चुनौति दिन चाहन्छौं ।

पूर्वगुटतिर फर्काउने कुनै पनि षडयन्त्र हामीलाई मान्य छैन । त्यसका निम्ति जरुरी पर्‍यो भने सडकमा, अदालतमा, जहाँ पर्छ जान सक्छौं । भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ ।

मैले अस्ति पनि यहाँबाट अपिल गरेको थिएँ, हाम्रा आधिकारिक संस्थाहरूलाई जसले यसका बारेमा फैसला गर्दैछन्, सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, हाम्रो अरु केही भन्नु छैन ।

हाम्रो संवैधानिक व्यवस्था, कानूनी व्यवस्थाअनुसार, हामीले निर्माण गरेका नियमअनुसार काम होस् । षड्यन्त्रको कुनै पनि डिजाइनसँग नर्तसियोस् । हामीलाई निश्पक्षरुपले हाम्रो संवैधानिक र कानूनी व्यवस्थाअनुसार फैसला भए पुग्छ ।

संविधानले कहिँ पनि प्रधानमन्त्री वा अरु कसैलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । यो दिउँसोको घामजत्तिकै छर्लङ्ग विषयलाई पनि बडो जञ्जाल र प्रपञ्चभित्र हाल्न खोजिँदैछ । के यो देशलाई राजनीतिक अराजकताको भूमरीभित्र फसाउन खोजिएकै हो त रु फेरि, निरंकुशतातिर धकेल्न खोजिएकै हो त रु

संविधान निर्माण गर्ने पार्टीहरू, नेताहरू, संविधान निर्माणमा सक्रिय भूमिका खेल्ने संविधानसभाका सबै सदस्यहरूले भनिराखेका छौं– संविधान विघटन गर्ने प्रचलनले देशमा जुन राजनीतिक अस्थिरता र अराजकता आयो, विकास र समृद्धिको यात्रा अवरुद्ध भयो, त्यसको अन्त्य गरिनुपर्दछ ।

प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार दिनुहुँदैन भनेर विभिन्न विकल्पहरू बनाइएको छ । तर, त्यो विकल्पतिर जाँदै नगईकन विघटन गरियो । यहाँ आधिकारिक पार्टी छ, प्रतिवेदन, विधान, केन्द्रीय कमिटी छ ।

फेरि, अर्को प्रपञ्च पनि गरिँदै छ । यो त नांगो आँखाले सजिलै देख्न सकिने कुरा छ नि । हामी कोही पनि शान्तिपूर्ण राजनीतिबाट बाहिर जानेवाला त छैनौं । हामी कोही भूमिगत जानेवाला पनि छैनौं । हामी कोही हिंसामा जानेवाला पनि छैनौं ।

हामी फेरि यही काठमाडौंमै छौं । अझै माइतीघर मण्डलाको अगाडिपट्टि छौं, अहिले । हामीले बडो खुलस्तरुपले भनेका छौं, संविधानले कल्पनै नगरेको संसद विघटन भएको छैन ।