आज कति छ सुनचाँदीको मूल्य ?

जागृति खबर संवाददाता

काठमाडौं, १ पुष ।

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमवार रू. १०० ले घटेको सुनको मूल्य मंगलबार पनि रू. १०० ले नै ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ४०० मा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९१ हजार ८५० मा कारोबार भएको छ। सोमबार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९५० मा कारोबार भएको थियो।

यस्तै, मंगलवार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार चाँदी प्रतितोला रू। एक हजार २०० मा कारोबार भएको थियो। मंगलबार पनि चाँदी रू. एक हजार २०० मा नै कारोबार भइरहेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।