काठमाडौं , १८ मंसिर ।
लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने भएको छ। प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो।
न्यूज 24 बाट हप्ताको तीन दिन प्रसारण हुने सो कार्यक्रम पौँष महिना देखि बन्द हुने भएको छ। जनताको आवाज बोल्ने उक्त कार्यक्रम बन्द हुने भएपछि सर्वसाधारण जनतामा नैराश्यता छाउने निश्चित छ।
संचारकर्मी लामीछानेले टेलिभिजन नै छाडेर के गर्न लागे भनेर धेरैलाई उत्सुकता हुन सक्छ, तर केहि व्यक्ति हरूले रवि लामिछाने राजनितिकमा प्रवेश गर्न लागेको आकलन गरेका छन्।
तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।