बाफलमा बाजेको सेकुवाको १३ औं शाखा

जागृति खबर संवाददाता

बाजेको सेकुवाको नयाँ शाखा काठमाडौँको बाफलमा खुलेको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको सेकुवाले आफ्नो १३ औं शाखाको रुपमा बाफलमा नयाँ कर्नर सञ्चालनमा ल्याएको हो ।

राजधानीका अधिकांस स्थानहरुमा फ्राञ्चाइज रेस्टुरेण्ट सञ्चालन ल्याइसकेको बाजेको सेकुवाले काठमाडौँ परिश्चम भेगका उपभोक्तारुमा समेत सुविधा पुर्याउने उद्देश्यले बाफलमा आफ्नो १३ औं आटलेट सञ्चालनमा ल्याएको बताएको छ ।