गर्लफ्रेण्डलाई भेट्नका लागि क्वारेन्टाइन फोरेर भागेपछि…

जागृति खबर संवाददाता

काठमाडौं ।

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । यसैबीच मानिसहरु कोहि घरमा नै छन् भने कोहि क्वारेन्टाइनमा रहेका छन् ।

यसैबीच एक अनौठो घटना साम्ने आएको छ । कोरोनाको यो महामारीका बेला अस्ट्रेलियाको पर्थमा एक युवक आफ्नी प्रेमिका भेट्न क्वारेन्टाइन तोडेर भागेका छन् ।

डेली मेलका अनुसार यूसुफ कराकाया नामका ति व्यक्ति आफ्नी प्रेमीकालाई भेट्नका लागि क्वारेन्टाइन फोरेर गएका हुन् ।

उनलाई होटल क्वारेन्टाइनमा राखिएको थियो । उनी तेश्रो तलाको कोठाबाट भागेका हुन् । उनी प्रेमिका भेट्न जाने र राती एक कोठाबाट आफ्नो कोठामा आउने गरेको पत्ता लागेको हो । उनले केहि पटकसम्म यस्तो गरेको देखेर सबै हैरान बनेका छन् ।

उक्त सूचना पाएपछि प्रहरीले उनलाई नियम उल्ल्ंघन गरेकोमा जेल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले बताएका छन् ।

एजेन्सीको सहयोगमा