रचना र शँकर आवाजमा शिशिर भण्डारीको ‘भोटे ताल्चा’ सार्बजनिक (भिडियो )

जागृति खबर संवाददाता

काठमाडौँ ।

यतीबेला एकपछि अर्को गीत बजारमा आउने क्रम जारी छन् । रचना र शँकरको आवाजमा शिशिर भण्डारी पहिलो पटक ६ जना युवती सँग रोमान्स गरेको ‘भोटे ताल्चा’ सार्बजनिक भएको छोटो समयमा चर्चामा छन् भने दिपकराज पाठकको शव्दमा भोटे ताल्चा बोलको गीत युट्युबमा आएको छ । अहिलेकी चर्चित गायिका रचना रिमाल र शँकर दाहालको आवाज रहेको गीतलाई बिपिन आचार्यले सँगीतबद्ध गरेका हुन् । गीतमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ । हालको साँगीतक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

गीतलाई युट्युबमा अप्लोड गरेको एक घण्टामै २० हजार माथिले हेरे । गीतको कथावस्तु र समग्रमा गीत नै उत्कृष्ठ रहेको दर्शक, श्रोताले कमेन्ट दिएका छन् । लक्ष्मण अिधकारीको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

कस्तो छ त शिशिरको ६ जना युवतीहरुसँगको रोमान्स, भोटे ताल्चा गीत हेर्नुहोस

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।