सामनाका कलाकार कविता पुन गिरफ्तार , धरपकडले क्रान्तिको नरोकिने महासंघको चेतावनी

जागृति खबर संवाददाता

काठमाडौँ , १४ असोज ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा अवस्थित घरबाटै गृह प्रशासनले अत्यन्त कायरतापूर्वक गिरफ्तार गरेर कविता र रामलाई सदरमुकाम लिवाङ पु¥याइएको भन्दै उक्त घटनाप्रति घोर आपत्ति प्रकट गरेकाछन् । जनताका प्रिय कलाकारहरूमाथि पटक पटक सामाजिक फासिवादी ओली सरकारले गरेको दमनको आफ्नो सङ्गठनले सशक्त प्रतिवाद गरेको थपलियाको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको आमूल परिवर्तनमा जनकलाकारहरुले अद्वितीय भूमिका निर्वाह गर्दै आएको भन्दै क्रा’न्तिकारी सांस्कृतिक आ’न्दोलनमा बलिदान, समर्पण, शौर्यको प्रतिबम्बको रुपमा रहेका कलाकारहरुमाथिको द’मन अस्वीकार्य भएको थपलियाको विज्ञप्तिमा उल्लेख छ ।

थपलियाको विज्ञप्तिमा भनिएको छ –‘हाम्रो सङ्गठन जनताको महान् ब’लिदानबाट प्राप्त भएको राजनीतिक–वैचारिक अधिकारको सम्मान गर्न एवम् गिरफ्तार जनकलाकार कविता पुन, र राम पुनलाई तत्काल स–सम्मान रिहा गर्न जोडदार माग गर्दछ । हाम्रो सङ्गठन क्रा’न्तिकारीहरूलाई मा’रेर, थुनेर, थकाएर, गलाएर वा आत्मसमर्पण गराएर महान् जनक्रा’न्तिको गतिवान प्रवाहलाई रोक्ने सपना नदेख्न पनि बादल गृह प्रशासनलाई यसै वक्तव्यमार्फत चेता’वनी दिन चाहन्छ ।