नेपालमा थप १५७३ जना कोरोना संक्रमित थपिए: १० काे मृत्यु

जागृति खबर संवाददाता

काठमाडौँ , ११ असोज ।

नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।

एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ । अहिले देशभर १९ हजार १९ जना आइसोलेसनमा छन् भने ६ हजार २८१ जना क्वारेन्टिनमा छन् ।