अपडेटः भखरैँ काठमाडौंमा गयो भूकम्प , घरबाहिर निस्किए सर्वसाधारण

जागृति खबर संवाददाता

काठमाडौं, ३१ भदौ । बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसहित देशका अरू भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।