अपडेट : बागलुङ पहिरोमा ११ शब भेटियो अझै २ दर्जन बढी बेपत्ता

जागृति खबर संवाददाता

बागलुङ , १८ भदौ ।

बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएका ११ जनाको शब भेटिएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको थियो । बाढीले झन्डै ५० – ५५ घर बगाएको छ ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा ३६ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । भेटिएको शब ८ पुरुष र ३ महिला रहेका छन् ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको थियो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती अहिले बगरमा परिणत भएको छ ।

राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको छ ।